सन्जीब राई,
खोटाङ । केपी ओली नेतृत्वको नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) खोटाङले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवा सङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवा सङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको हो ।
नव गठित दुवै कमिटीका पदाधिकारीलाई नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव जलशेर राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नव गठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै पार्टीका जिल्ला सचिव जलसेर राईले जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठनहरु गठन गरेर पार्टीका गतिविधि बढाउदैजाने बताए ।
नेकपा एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवम् युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठ लगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीति अनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताए । सोही नीती अनुसार दुई घण्टा बाक्सिला बजारको सरसफाइसमेत गरेको छ ।
यसअघि सोही केपिलासगढी गाउँपालिका–१ फेदीमा नेकपा एमालेले गत शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एकै गाउँका नेपाली काँग्रेसका गाउँपालिका उपसभापति, नेकपा (माओवादी कैन्द्र) खार्तम्छाका प्रमुख लगायत एउटै गाउँका १ सय ६८ जना एमालेमा प्रवेश गरेको एमालेका सचिवालय सदस्य एवम् केपिलासगढी गाउँपालिका प्रमुख कृष्ण राईले बताए ।
केन्द्रमा नेपाल नेतृत्वको नेकपा (समाजवादी) गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले पार्टी कमिटी गठनको काम शुरु गरेको छ । केन्द्रमाऔपचारिक रुपले पार्टी विभाजन भएलगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरुबीच औपचारिक रुपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम शुरु गरिएको जिल्ला सचिव राईले बताए ।
केन्द्रमा एमाले विभाजन भएपनि दश स्थानीय तह रहेको जिल्लामा अधिकांश जनप्रतिनिधि एमालेमा देखिएका छन् । एमाले अध्यक्ष ओलीको कार्यशैलिप्रति विरोध गर्दै यसअघिसम्म नेपाल समूहमा देखिएका केपिलासगढी गाउँपालिका प्रमुख राईसमेत पछिल्लो समय एमालेमै खुलेका छन ।