काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले पार्टी कार्यालयमा सानेपामा दिएको धर्नाले आज पनि निरन्तरता पाउने भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूले तत्काल क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै धर्ना सुरु गरेका हुन् ।
नेपाली काँग्रेस काभ्रेका सभापति नेता मधु आचार्यका अनुसार क्रियाशील सदस्यको नामावली वेबसाईटमा सार्वजनिक नभएर सम्म जिल्ला सभापतिहरुले रिले अनसन जारी राख्ने बताए ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले क्रियाशील सदस्यको नामावली वेबसाईटमै सार्वजनिक गर्ने बताईसकेका छन् ।
कृयाशील विवाद काँग्रेसमा निकै पेचिलो बनेको र अब यसलाई प्रष्टता दिन पार्टी नेतृत्वले चाँडो भन्दा चाँडो काम गरोस भन्नका लागि दबाब सृजना गर्न रिले अनसन जारी रहने नेता आचार्यले बताए ।