हेटौंडामा नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

हेटौंडामा नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १० हेटौंडा बसपार्कबाट नियन्त्रित लागूऔषध ९ थान फेनारगन, ९ थान डाईजेपाम र ९ थान नुर्फिन सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन रत्ननगर नगरपालिका १० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका(७ बस्ने ३० वर्षीय विनोद चौधरी रहेका छन् । बीरगंजबाट चितवनतर्फ जाँदै गरको प्रदेश ना ५ ख ३९४३ नम्बरको बसलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);