काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ ।
चन्द्रागिरी रिसोर्टमा भएकाे नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो । यद्यपि पदाधिकारीको संख्या भने १७ जना राख्ने तय भएको छ ।
दलको विधानलाई अन्तिम रुप दिएपछि मात्रै राष्ट्रिय सम्मेलन गरेर पदाधिकारी टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकले पार्टी दर्ता छिटोमा बिहीवार र ढिलोमा आइतबारसम्म टुंगो लगाउने निष्कर्ष पनि निकालेको छ ।
त्यसैगरी दर्ता भएको एक सातामा राष्ट्रिय भेला गर्ने बैठको निर्णय छ । समाजवादीले पार्टीको विधानमा बहुपदीय संरचनालाई निरन्तरता दिने उल्लेख छ ।
बैठकमा एमालेमा ६० जना केन्द्रीय सदस्य र ३२ सांसद सहभागी भएको समाजवादीका नेताले दाबी गरेका छन् ।