काठमाडौं । हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप “हाम्रो पात्रो” को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोले बधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो ।
हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए । ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौं ।’
त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले “हाम्रो पात्रो” आम नेपालकीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनुआफ्नो लागि उत्साहपर्णू विषय भएको बताए ।
“मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो,” उनले भने, “मैले आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्नेकुरा थाहा पाएको थिएँ। त्यसपछि नै सँगै केही गरौं भनेर यो सहकार्य सुरु गरेका हौं ।”
एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ ।
बेटा भर्सनमा रहेको यो सविुधा अब चाँडै पर्णूरुपमा आउनका साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।
त्यस्तैनिकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने “हिसाबकिताब”, परिकार बनाउन सिकाउने “हाम्रो भान्सा” र तस्वीर तथा कागजातमा भएका अक्षरलाई यनिु कोडमा उतार्न सघाउने “हाम्रो अक्षर” जस्ता सविुधाहरू थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए ।
सन् २०१० मा सरुु भएको हाम्रो पात्रो अन्तर्गत “हाम्रो किबोर्ड”, “हाम्रो डिक्सनरी”, “हाम्रो लुडो ”, “कलब्रेक एन्ड जटपुत्ती”, “हाम्रो म्यागेजिन” लगायतका एप समेत सञ्चालनमा छन् ।