सर्लाहीमा हराइरहेको युवती मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सर्लाहीमा हराइरहेको युवती मृत अवस्थामा फेला

राजिव शाह,
सर्लाही । सर्लाहीमा हराइरहेकी एक युवतीको शव तिन दिन पछि फेला परेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७ रानिगंजबाट हराइरहेकी युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् ।

गत साउन ३१ गते आइतबार रातीदेखि हराइरहेकी रानिगंज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।

मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);