पार्टी अध्यक्ष उपेन्द्रलाई सोफा र बाबुरामलाई सामान्य कुर्सीमा बसाएको भन्दै जसपा बैठकमा कार्यकर्ताले असन्तुष्टि जनाएपछि… | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

पार्टी अध्यक्ष उपेन्द्रलाई सोफा र बाबुरामलाई सामान्य कुर्सीमा बसाएको भन्दै जसपा बैठकमा कार्यकर्ताले असन्तुष्टि जनाएपछि…

सुजन चालिसे,
काठमाडौं
। जनता समाजवादी पार्टी जसपा नेपालको जारी केन्द्रीय समितिको बैठकमा कार्यकर्ताहरुले होहल्ला गर्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार काठमाडौंको कालिकास्थानमा जारी बैकठमा पार्टी अध्यक्ष उपेन्द्र यादव मात्र विशेष सोफामा बस्ने संघीय परिषदका् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राइलाई सामान्य कुर्सीमा बसाएको भन्दै कार्यकर्ताहरुले केन्द्रीय समिति बैठक मै असन्तुष्टि जनाएका छन् ।

कार्यकर्ताले हो हल्ला गर्दै स्टेज तिर झुम्मिएपछि बैठकमा अवरोध सिर्जना भएको थियो । स्टेज अगाडि पुगेका कार्यकर्ताहरुलाई शीर्ष नेताहरुलाई सम्झाउँदै स्थिति साम्य पारेका थिए ।

शीर्ष नेताहरुले असन्तुष्टि भए लिखित रुपमा पेश गर्न भने पछि समझदारीमा नै बैठक अगाडि बढेको छ ।

पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने बैठकको कार्यसूची रहेको छ । साथै प्रदेश, पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भातृ संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त गर्ने पनि कार्यसूची रहेको छ ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

Leave a Reply