काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुख राजेश अहिराज झालाई हटाइएको छ ।
सरकारले प्रदेश प्रमुख राजेश अहिराज झालाई हटाएर हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियुक्त गरेका हरिशंकर बीपी नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुन्।
अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजेशलाई २०७७ फागुन ७ गते प्रदेश २ प्रमुखमा नियुक्त गरेको थियो ।
राजेशलाई मधेश मामिलाका जानकार मानिन्छ । ओली सरकारले माओवादीका तिलक परियारलाई हटाएर राजेशलाई नियुक्त गरेको थियो ।