बिष्णु खनाल,
अर्घाखाँची । अर्घाखाँचीमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ । पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानका मेघराज घिमिरेको बन्दै गरेको घरमाथिबाट आएको पहिरोमा पुरिएर सोही गाउँपालिका वडा नं. ६ धातिवाङ्गका मन बहादुर सुनारको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो घरमा प्लाष्टर गर्ने क्रममा घरमाथिबाट आएको पहिरोले उनलाई पुरेको थियो । जेसिबिको सहारामा ५ घण्टापछि उनको शवलाई बाहिर निकालिएको हो ।
यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।