कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि, महाधिवेशनको नयाँ कार्यतालिका पारित होला? | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि, महाधिवेशनको नयाँ कार्यतालिका पारित होला?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार पनि बस्न लागिएको छ ।

बैठक दिउँसो २ बजे पछि सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशिल सदस्यता विवाद लगायतका विषयमा छलफल हुने लगायत महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानबिन समिति र समायोजन समितिको प्रतिवेदन पारित गरिने बताइएको छ ।

बिहीबारदेखि बैठक सुरु भएको हो । शुक्रबारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेको उनले जानकारी दिए ।

बैठकपछि १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका आउने शर्माले बताएका थिए । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उनले उल्लेख गरेका थिए ।

कांग्रेसमा संस्थापन पक्षले मंसिरदेखि महाधिवेशन सुरु हुने गरी कार्यतालिका बनाउने प्रस्ताव अघि सारेका छन् भनेसंस्थापन इतर पक्षले भदौ २३ बाटै सुरु हुने गरी कार्यतालिका बनाउनुपर्ने अडान लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);