स्रोत नखुलेको ८ लाख रकम सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

स्रोत नखुलेको ८ लाख रकम सहित एकजना पक्राउ

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बाइपासबाट स्रोत नखुलेको रकम शसस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक महाराजगंज जिल्ला सुनौलि बस्ने ३५ वर्षिय राजन जैशवाल र भारतीय नागरिक महाराजगंज जिल्ला नौतनवा बस्ने ६७ वर्षिय श्याम प्रकाशले स्रोत नखुलेको रकम ८ लाख ४७ हजार ५ हजार ५ सय ५० रकम लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ गरिएको शसस्त्र प्रहरी कार्यालय डण्डाका प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालले जानकारी दिए ।

साउन २७ गते अन्दाजी ७ बजेको समयमा वि.ओ.पि.बाट आइडि नम्बर २७५३ का शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको ९ जनाको टोलीले चेक जाँच गर्ने क्रममा सुनौलिबाट भैरहवा तर्फ आउँदै गर्दा पक्राउ गरेको जनाएको छ । चेसिस नम्बर एम बि एल एच ए आई ओ इ जे ८ जी इ ओ १७६२ इन्जीन नम्बर एचए आई ओ इ ए ८ जि इ ०२०५६ लु ५ प २९९९ नम्बरको मोटरसाइकलमा नेपाली रुपैयाँ ८ लाख ४७ हजार ५ सय ५० रुपैयाँ पाइएकाले प्रचलित कानुन बमोजिम अनुसन्धानका लागि राजस्व अनुसन्धान बिभागमा पठाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ऐन , २०५८ को दफा २४ को उपदफा २ तथा सशस्त्र प्रहरी नियमावलि, २०७२ को नियम १६३ को उपनियम १ बमोजिम प्रचलित कानुन बमोजिम अनुसन्धान गर्ने अधिकारी समक्ष बुझाउने प्रयोजनको लागि पक्राउ गरि अनुसन्धान भइरहेको शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);