अपडेट - बस दुर्घटनाका १९ मृतकमध्ये ९ जनाको सनाखत, करिब २० जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

अपडेट – बस दुर्घटनाका १९ मृतकमध्ये ९ जनाको सनाखत, करिब २० जना बेपत्ता

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ।

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये नौ जनाको सनाखत भएको छ। हालसम्म सनाखत भएका ९ जना मृतकमा  ६ वर्षीय आदित्य यादव – सप्तरी,  ममतादेवी ठाकुर – भारत मधुवनी, नरेश मुखिया – सप्तरी, शुसान चौधरी – सप्तरी, रमानन्द यादव – सप्तरी, संजित कुमार झा – सप्तरी, सिम्मी कुमारी झा – सप्तरी, राज कपुर यादब – सिरहा, पार्वती चौधारी – सप्तरी रहेका छन्।

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको छ । १९ जनाको शव फेला परेको छ भने अझै करिब २० जना हराइरहेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए। घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ। बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);