भूमि आयोग विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

भूमि आयोग विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर भएको रिटको सोमबार पेशी तोकिएको छ ।

विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएका हो ।

ज्ञवालीको रिटका साथै अधिवक्ता प्रवेश केसी लगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुन लागेको हो ।

दायर रिटमा आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट विघटन बदर गर्न माग गरिएको छ ।

अधिवक्ता केसीले शक्रबार रिट निवेदन दिएका थिए भने ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);