आइतबारका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटीको बैठक सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आइतबारका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटीको बैठक सर्‍यो

काठमाडौं । नेकपा एमालेको आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबार बस्ने भएको छ ।

सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक सरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । सोमबार केन्द्रीय कमिटी बैठक बस्न पूर्व स्थायी कमिटी बैठक बस्ने बताइएको छ ।

एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसैका लागि भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर नेता माधवकुमार नेपाल पक्षले भने एकताको सहमतिका लागि बैठक रोक गर्न माग गर्दै आईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);