कपिलवस्तुमा पछिल्लो दुई दिनमै ह्वात्तै बढे कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

कपिलवस्तुमा पछिल्लो दुई दिनमै ह्वात्तै बढे कोरोना संक्रमित

शम्भु माली,
काठमाडौं । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पुन बढ्न थालेको छ ।


साउन महिना लागेसंगै कोरोनाका संक्रमित संख्या घटेको भएपनि पछिल्लो केही दिन यता संक्रमित संख्या पुन बढेको हो ।


स्वास्थ्य कार्यालय कपिलवस्तुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्र २५ जनामा संक्रमण देखिएको थियो ।

उन २१ गते बिहीबार जिल्लामा ५ जना संक्रमित फेला परेका थिए । त्यस भन्दा अगाडी दैनिक ९ जना भन्दाकम संक्रमित भेटिने गरेका थिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जारी निशेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमित बढेको उनीहरुको भनाई छ ।

जिल्लामा अहिले १ सय २९ जना संक्रिय संक्रमित छन् । स्थानीय तहमा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा ६३ जना सक्रिय संक्रमित छन् । वाणगंगा नगरपालिकामा ४७ जना, कपिलवस्तु नगरपालिकामा ८ जना, शिवराज नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २-२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकामा एक-एक जना संक्रमित रहेका छन् । मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा संक्रमण शुन्य अवस्थामा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);