एसईईको नतिजा आज सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

बोर्डले २०७७ सालको नियमिततथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६ सय एनसेलबाट १६ सयमा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले आफ्नो अफिसियल बेवसाइटबाट र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);