विश्वकै दोस्रो अग्लो बन्जि जम्प ‘द क्लिफ’ सुनसान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

विश्वकै दोस्रो अग्लो बन्जि जम्प ‘द क्लिफ’ सुनसान (भिडियोसहित)

पर्वत । कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्पमा एकै दिनमा करिब तीन लाख सम्मको कारोबार हुँदै आएको थियो ।

कोरोनाको जारी गरिएको लकडाउन भएपछि पर्वतका धेरै जसो पर्यटकीय स्थल सुनसान बनेका छन् । कोरोनाका कहरका कारण बन्जी संचालन गर्न नसक्दा व्यावसायीक घाटा बेहोर्नु परेको व्यावसायी बताउँछन् ।

‘द क्लिफ’ ले सञ्चालन गरेको बन्जी जम्प २०७६ को चैतबाट सेवा सुरु गरेको थियो । वैशाष यता व्यवसाय ठप्प हुँदा बैंकको व्याज, कर्मचारी खर्च समेत गरी मासिक करिब ८० लाख रुपैयाँ खर्च भईरहेको भएपनि सञ्चालनको तयारीमा आँफुहरु रहेको लगानी कर्ताहरु बताउँछन् ।

‘द क्लिफ’ले अहीले स्काइ चियर, कपल पीङ, स्काइ प्याडल लगायतका संरचना निर्माण सकेको छ । विशेषगरी होटेल, बन्जी, रिसोर्ट, यान्त्रिक पुल, जलयात्रा र जिपलाइनमा ठूला लगानी गरिएका व्यवासयीहरु मारमा परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);