एजेन्सी, १० कार्तिक । उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावसँगै उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकाको सडकमा पैदल हिँडेपछि सबै आश्चर्यचकित बनेका छन् ।
वास्तवमा किम जोङ नभई उनीसँग ठ्याक्कै अनुहार मिल्ने व्यक्ति अमेरिकाको सडकमा हिँड्दै ट्रम्प टावरसम्म पुगेको थियो । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने इच्छा समेत व्यक्त गरेका थिए ।
यो सबै एक प्र्याङ भिडियोको लागि गरिएको हो । जसमा एक व्यक्ति किम जोङ उन बनेर बडिगार्डसहित अमेरिकामा हिँडेका थिए । यो भिडियो अहिले निकै भाईरल बनिरहेको छ ।