एजेन्सी, १० कार्तिक । कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेग अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले फुयेनलाब्राडालाई २-० ले हराएको छ।
गएराती भएको खेलमा स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा लिनुपरेको थियो। दुवै पेनाल्टी दोस्रो हाफमा भएको थियो।
रियलले दोस्रो हाफको ६३ औँ मिनेटमा गोल गरेको थियो। फ्रान गार्सियाले १८ वर्षीय अच्राफ हाकिमीलाई फल गर्दा पाएको पेनाल्टीलाई मारको असेन्सियोले गोलमा परिणत गरेका थिए ।खेलको ७९ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाउँदै फुयेनलाब्राडाका खेलाडी पाको काण्डेला बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो।
काण्डेलाको फलमा पाएको पेनाल्टीमा लुकास भाजक्वेजले रियललाई पेनाल्टी मार्फत दोस्रो गोल दिलाए। रियलका जिसस भालेजोले डेब्यु खेलको ८९ औं मिनेटमा सोझै रातो कार्डको सामना गरे ।