एजेन्सी । इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।
देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाएको र ८३ जनालाई भने सकुशल उद्धार गरेको जनाएको छ ।
बन्दरगाहा नजिकै दुर्घटना भएको डुंगा नियन्त्रणमा ल्याइसकिएको छ भने खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने बताईएको छ । इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति हुने गरेको छ ।