उपयुक्त समयमा नै मौद्रिक नीति ल्याइने नेपाल राष्ट्र बैंकका निर्देशक ढकालको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

उपयुक्त समयमा नै मौद्रिक नीति ल्याइने नेपाल राष्ट्र बैंकका निर्देशक ढकालको दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने जानकारी दिए ।

पूर्व गभर्नरहरुसँग छलफल गर्न बाँकी नै रहेको निर्देशक ढकालको भनाई छ । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए । उनले भने ‘आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गभर्नरज्यूहरु सँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रिक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);