गैरआवसीय संघले देखायो, देउवा नेतृत्वको सरकारको सहकार्यामा काम गर्ने इच्छा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

गैरआवसीय संघले देखायो, देउवा नेतृत्वको सरकारको सहकार्यामा काम गर्ने इच्छा

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले शेरबहादुर देउवा नेतृत्वको सरकारसँगको सहकार्यामा काम गर्ने बताएको छ । गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सहकार्यामा काम गर्ने बताएका हुन् ।

त्यस्तै उनले देउवालाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्। उनले देउवाको कार्यकालमा संघ र सरकारबीचको सम्बन्ध प्रगाढ हुने आशा पनि व्यक्त गरेका छन्।

उल्लेति विज्ञप्तिमार्फत संघले महामारीविरुद्ध विभिन्न जिल्लाका अस्पताललाई ५५३ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको जानकारी दिँदै संघले सातैवटा प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने योजना भएको जानकारी गराएको छ ।

Leave a Reply