काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९३ हजार २ सय रुपैँया कायम गरिएको छ । बिहीबार पनि सुनप्रति तोलाको ९३ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार एक हजार ३ सय २० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि एक हजार ३ सय २० रुपैँया कायम गरिएको छ ।