कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

काठमाडौं । नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखदेखि यताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैँया दिने भएको छ ।

बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।

बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।

बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आईरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नु परेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ समिति बनेको संयोजक बस्नेतले जानकारी दिए । उनले समितिले २०७८ साल यता बाढी पहिरो पीडितहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैँया दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए ।

संयोजक बस्नेतले मुलुकभरबाट बाढी तथा पहिरोले पु¥याएको भौतिक र मानवीय क्षतिबारे तथ्यांक संकलन गरी राहत उपलब्ध गराईने जानकारी दिए । उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको स्पष्ट पारे ।

बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, चिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव छन् ।

त्यसैगरी आमन्त्रित सदस्यहरुमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);