कांग्रेस क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कांग्रेस क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।

क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबी सहित निर्णय सच्याउन माग गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए । उनले सभापतिलाई वाईपास गरेर , नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशिल सदस्यता वितरण गरिएको बताए । उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गरे । उनले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि दिए ।

त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गरे । उनले त्यसबारे सम्बन्धीत् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।

धनुषाका पुर्व सांसद डाक्टर चन्द्र मोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु बिडम्बनापुर्ण भएको बताए । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नया क्रियाशिल सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिए सम्म आफुहरु पार्टी कार्यालयमा धर्ना बस्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);