मनाङ, ८ असोज। मनाङको प्रदेश क्षेत्र २ बाट एमालेकी महिला उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताएकी हुन्।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम हटाएको थियो। पार्टीबाट टिकट नपाएका मनाङेले मनाङका जनताले आफूलाई जिताउने भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। अब भने एमालेकी उम्मेदवार लामाले समेत उनलाई सघाउने बताएकी छन्।
लामाले आफु एक्लै उम्मेदवारी दिँदा हारिने भएपछि अन्तत मिल्नु नै उचित ठानी उम्मेदवारी फिर्ता दिएर मनाङेलाई सघाउनु परेको प्रतिक्रिया दिएकी छन् ।
अब, मनाङको प्रदेश क्षेत्र नं २ बाट काँग्रेस उम्मेदवार कर्मा गुरूङ र एमालेका मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ।