दक्षिण अफ्रिकामा एक सातादेखि जारी हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु, १ हजार भन्दा बढी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

दक्षिण अफ्रिकामा एक सातादेखि जारी हिंसात्मक प्रदर्शनमा ७२ जनाको मृत्यु, १ हजार भन्दा बढी पक्राउ

एजेन्सी । दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।

पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका हुन् । राष्ट्रपतिले दक्षिण अफ्रीकामा यो सन १९९० पछिको डरलाग्दो हिंसा भएको टिप्पणी गरेका छन् ।

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका प्रदर्शनहरूमा अहिलेसम्म प्रहरीले १ हजार २ सय ३४ जनाभन्दा बढी पक्राउ गरेको जनाएको छ ।

अहिलेसम्म २०० भन्दा बढी शोपिंग मलमा लुटपाट मच्चाएकोे छ भने रेस्टुरेन्टहरुमा तोडफोड गरिएको छ । प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो । सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);