सर्वोच्चको फैसलाबाट सबैले पाठ सिक्नुपर्छ : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सर्वोच्चको फैसलाबाट सबैले पाठ सिक्नुपर्छ : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन्।

नेता रावलले मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै सर्वोच्च अदालतको फैसला र गत वर्षयताको घटनाक्रबाट सबैले पाठ सिक्नुपर्ने बताएका हुन् ।

राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रीत रहेन भने त्यसको परिणाम कति गम्भीर र घातक हुन्छ भन्ने कुरा स्पष्ट भएको पनि रावलले उल्लेख गरेका छन् । यी कुराबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाई छ ।

उनले लेखेका छन्–‘सवोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ । राष्ट्र र जनताको स्वाभिमान, स्वातन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रीत रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको छ । सबैलाई चेतना भया ।’

नेता रावल नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका नेता हुन् । ओली र नेपाल पक्षबीचको कार्यदलमा रावल नेपाल पक्षका संयोजक पनि हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);