नेपाली यात्रुका लागि कतार सरकारले गर्यो स्वास्थ्य मापदण्डमा हेरफेर | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

नेपाली यात्रुका लागि कतार सरकारले गर्यो स्वास्थ्य मापदण्डमा हेरफेर

airport

काठमाडौँ । कतार प्रवेश गर्ने नेपाली यात्रुहरुका लागि कतार सरकारले तोकिएको स्वास्थ्य मापदण्डमा हेरफेर गरेको छ। सोमबारबाट लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुको लागि संशोधनसहितको मापदण्ड लागू गर्न लागेको दोहास्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।

कतार प्रवेश गर्ने यात्रुका लागि स्वास्थ्य मापदण्डमा परिवर्तन भएको छ । अब कतार जाने यात्रुले दुवै खोप लगाएका छन् भने क्वारिन्टिनमा बस्नु नपर्ने भएको छ । साथै, कतारमा मान्यता दिएका खोपको मात्रा कुनै देशमा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्वारिन्टिन बस्नु नपर्ने गरी स्वास्थ्य मापदण्ड लागू गरिएको हो ।

त्यस्तै, कतारमा कोभिड १९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुलेसमेत क्वारिन्टिन बस्नु नपर्ने भएको छ । खोपका मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्यरूपमा ‘डिस्कोभर कतार’ वेबसाइटमा गई बुकिङ गरी १० दिन होटल क्वारिन्टिन वा १४ दिन मेखाइनिस क्वारिन्टिन बस्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply