कोरोना महामारी नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउन विज्ञहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कोरोना महामारी नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउन विज्ञहरुको सुझाव

काठमाडौँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना महामारी नियन्त्रणका लागि अन्य देशको जस्तै छुट्टै स्वायत्त निकाय गठन गर्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय सरोकार एवंम समन्वय समितिको बैठकमा बोल्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले समय समयमै आउने महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयभन्दा छुट्टै निकाय बनाउनुपर्नेमा सरकारलाई सुझाव दिएका छन् ।

छाती रोग विशेषज्ञ डां. अर्जुन काकीले कोभिड १९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्ताविकता उजागार गर्दै सरकार र सरकारी संयन्त्रले मात्रै उपचार तथा रोकथाम गर्न नसक्ने प्रष्ट भएको दाबी गरेका छन् । उनले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतन ल्याउनु आवश्यक भएको पनि उल्लेख गरेका छन् ।

उनले महामारीलाई सम्बोधन गर्न विकसित मुलुकहरुले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन भनी छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिँदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा समिति सदस्यहरुले कोभिड १९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव जस्ता विषयमा विज्ञहरुसंग साक्षात्कार गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);