एजेन्सी । बगंलादेशमा एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकानजिक एक खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको हो ।
बिहीबार राति मानिसहरु भवन भित्रै रहेको समयमा आगलागी भएको र थुप्रै कामदारहरु हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अग्निनियन्त्रक अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
आगलागीको कारण भने अझै पत्ता लागिसकेको छैन । प्रत्यक्षदर्शीका अनुसार छ तले भवनमा आगलागी हुँदा ज्यान जोगाउन हाम फाल्दा कैयौं कामदार घाइते भएका छन् ।