चितवन । स्थानीय र आफूहरुलाई अभियान्त बताउनेका अवरोधका कारण चितवनको सुजिता भण्डारीको शंकास्पद मृत्यू प्रकारणमा अनुसन्धान प्रभावित भएको छ ।
सुजिताको शव भेटिएको दिनदेखि नै आन्दोलित स्थानीय र बिभिन्न ठाउँबाट अभियान्ताको नाममा आएका व्यक्तिहरुको कारण प्रहरीलाई अनुसन्धानमा समस्या भएको हो । चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले अनुसन्धान सहजतरिकाले अघि बढ्न नसकेको बताए ।
पीडित परिवारलाई प्रहरीले भेट्न पाएको छैन । अपराध अनुसन्धानको बिषयमा समाजले प्रहरीलाई सूचनादिएर सहयोग गर्नुपर्ने अवस्थामात्यस्तो नभएको प्रहरीको भनाई छ। प्रहरीको अनुसन्धानप्रति पीडित परिवार सन्तुष्ट भएपनि स्थानीयले अवरोध गरिरहेका छन् ।
अभियान्ताको नाममा आउनेहरुले झनै अनुसन्धान प्रभावित पारिरहेको प्रहरीको आरोप छ । सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।