सचिव सरुवामा मनपरी, प्रशासनिक क्षेत्रमाथि चरम हस्तक्षेप गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

काठमाडौँ, ८ कार्तिक । सरकारले सचिव सरुवाको निर्णय रातारात सच्याएर मनपरी गरेको छ । अघिल्लो दिन एक निकाय वा मन्त्रालयमा सरुवा भएका सचिव भोलिपल्ट अर्को मन्त्रालयमा परेका छन् । सरकारले केही सचिवलाई रातारात मनलागी सरुवा गरेको छ भने केहीलाई थमौतीमा पारेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको थियो । सचिवहरूको सरुवा मनपरी गरी रातारात सच्याएर प्रशासनिक क्षेत्रमाथि चरम हस्तक्षेप गरेको आरोप प्रशासकले लगाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको सरुवा सोमबार लोकसेवा आयोगमा भएको थियो। मंगलबार भने उनको सरुवा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा भएको छ भने आयोग सचिवविहीन बन्न पुगेको छ।

आयोगको नेतृत्वले उपाध्यायलाई अस्वीकार गरेपछि सरकारले उनलाई ‘ब्याक’ गरेको स्रोतले जनाएको छ। आयोगका अध्यक्ष उमेश मैनालीले सचिव पठाउनुअघि आफ्नो राय नलिएको भन्दै मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग टेलिफोनमार्फत असन्तुष्टि जनाएका थिए।

उपाध्यायलाई महिला मन्त्रालयमा पठाएपछि त्यहाँका सचिव प्रेमकुमार राईको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ। सचिव राईको डेढ महिनाअघि मात्र आपूर्ति मन्त्रालयबाट महिला, बालबालिका तथा समाजकल्याणमा पुगेका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);