सुजिता भण्डारी प्रकारणमा स्थानीय र अभियान्ताको अवरोधका कारण अनुसन्धान प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

सुजिता भण्डारी प्रकारणमा स्थानीय र अभियान्ताको अवरोधका कारण अनुसन्धान प्रभावित

चितवन । चितवनको राप्ती नगरपालिका ३ कि २३ वर्षीया सुजिता भण्डारी प्रकारणमा स्थानीय र अभियान्ताको अवरोधका कारण अनुसन्धान प्रभावित भएको छ ।

सुजिताको शव भेटिएको दिनदेखि नै आन्दोलित स्थानीय र बिभिन्न ठाउँबाट अभियान्ताको नाममा आएका व्यक्तिहरुको कारण प्रहरीलाई अनुसन्धानमा समस्या भएको छ । चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीय र अभियान्ताको अवरोधका कारण अनुसन्धान सहज तरिकाले अघि बढ्न नसकेको बताए ।

स्थानीय र अभियान्ताको अवरोधले प्रहरीलाई पीडितको परिवारसँग भेट्न नै समस्या उत्पन्न भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पीडित परिवारलाई जसरी प्रहरीले भेट्न पाउनु पर्थ्यो त्यसरी भेट्ने अवस्था नबनेको वहाले बताए। अपराध अनुसन्धानको बिषयमा समाजले प्रहरीलाई सुचना दिएर सहयोग गर्नुपर्ने अवस्थामा त्यस्तो नभएको प्रहरीको भनाई छ।

प्रहरीको अनुसन्धान प्रति पीडित परिवार सन्तुष्ट भए पनि स्थानीयले अवरोध गरिरहेका छन् । अभियान्ताको नाममा आउनेहरुले झनै अनुसन्धान प्रभावित पारिरहेको प्रहरी को दाबि छ।

सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको छ।

भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक अधिकारीले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);