अविरल वर्षाका कारण यी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

अविरल वर्षाका कारण यी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको  देखिन्छ। 

त्यसैले उक्त प्रदेशहरुको पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply