मकवानपुर। बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठक आजलाई सारिएको थियो ।
प्रदेशसभाको बैठकमा शनिबार विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए ।
बैठक अवरुद्ध भएसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियता सर्वदलीय बैठक सम्पन्न गरि आजदेखि सूचारु गर्ने सहमति भएको थियो ।
आज बस्ने बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उहाँहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।