वाम गठबन्धनमा बागीको बिगबिगी ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

काठमाडौँ, ७ कार्तिक । माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन्। जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने।

गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उनीे (बस्नेत) ले सोचेका थिएनन्, माओवादी केन्द्रका एक जिल्लास्तरीइ नेता भन्छन् – ‘तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो।’

वाम गठबन्धनले आकांक्षी असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावनविपरित केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धनका उम्मेदवराविरुद्ध गुप्रै ठाउँमा बागी उठेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);