काठमाडौँ। राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग गर्दे ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको माइतीघरमा उनीहरुले शाह बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य कायम गनुपर्ने माग सहित प्रर्दशन गरेका हुन् ।
उनीहरुले राष्ट्रिय एकता कायम गर्नुपर्ने भन्दै निषेधाज्ञाको राजनीति बन्द गर्नुपर्ने माग समेत राखेका छन् । प्रदर्शनमा उत्रेका सहभागीहरुले कोरोनाको खोप तत्तकाल सुनिश्ति गर, हिन्दुराष्ट कायम गर जस्ता लेखिएका प्लेकार्ड र व्यानार समेत बोकेर प्रदर्शनमा उत्रेका थिए ।