अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने नियमित तालिका स्वीकृत गरेको हो ।

सरकारले साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र भारत, कतार, यूएई, टर्की र कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खोलेको छ । वायुसेवा कम्पनीले कोरिया चीनबाट भने अझै उडानको अनुमति मागेको छैन ।

अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ ।

अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अुनमति पाएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);