दक्षिण अफ्रीकासँग वेस्ट इन्डिज १ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

दक्षिण अफ्रीकासँग वेस्ट इन्डिज १ रनले पराजित

एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले रोमान्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७÷२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए । त्यस्तै सिमोन हिटमायरले १७, जासन होल्डरले १६ र फाबियन एलनले अविजित १४ रन जोडे ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै रस्सी भान डेर डुसेनले ३२, एडिन मार्क्रमले २३, रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका ओबेड म्याककोएले ४ तथा ड्वाने ब्राभोले ३ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रीका १६ रनले विजयी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);