'किम जोङले मृत्यु चाहेको' भन्दै चीनले पोख्यो आक्रोश | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

एजेन्सी, ६ कार्तिक । उत्तर कोरियाप्रति चीनले प्रतिबन्द लगाएको समाचार सेलाउन नपाउँदै चीनले अर्को खुलासा गरको छ। चीनले उत्तर कोरियासँग युद्व गर्न तयार रहेको बताएको छ।

बेइजिङस्थित एक कार्यक्रममा बोल्दै चीनका रक्षा मन्त्रालयको एक अधिकारी डाक्टर चोङ शो हूले किम जोङ उनले मृत्यु चाहेको आक्रोश व्यक्त गरेका हुन्।

चीनका राष्ट्रपतिले समेत आफु पनि किमको व्यवहारबाट वाक्क भएको बताउँदै उत्तर कोरियासँगको चीनको सम्बन्ध अब केहि समयमा नै टुट्न सक्ने संकेत समेत गरेका छन्। आगामी दिनमा आणविक हतियार परिक्षण गर्ने दुश्साहस गरेमा त्यसको कडा प्रतिकार गरिने समेत चीनले चेतावनी दिएको हो।

अब उत्तर कोरिया विरुद्व सैन्य समाधान खोज्नका लागि तयार रहेको चीनले बताएको छ । चीनले आफ्ना सेनालाई सन् २०५० सम्म विश्वकै सर्वोत्कृष्ट सेना बनाउने तयारी गरिरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);