प्राकृतिक विपत्मा परेका नागरिकको उद्दार र राहत कार्यमा नेपाली सेना (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

प्राकृतिक विपत्मा परेका नागरिकको उद्दार र राहत कार्यमा नेपाली सेना (फोटोफिचर)

काठमाडौं । मनसुन सुरु भएसँगै नेपालमा विभिन्न स्थानहरुमा प्राकृतिक विपत्तिका घटना हुन थालेका छन् । लगातारको वर्षाले विशेषगरी असार १ गतेबाट प्राकृतिक प्रकोपहरु बढेका छन् । मनाङ, सिन्धुपाल्चोक, बागलुङ, पोखरा पाल्पा लगायतका जिल्लाहरुमा बाढी तथा पहिरो जान थालेको छन् भने सिन्धुपाल्चोकमा त बाढीले वितण्डा नै मच्चाएको छ । सयौं नागरिकहरु विस्थापित भएका छन् भने हालसम्म ६ जनाले ज्यान गुमाई सकेका छन् ।

यस्तो अवस्थामा विभिन्न स्थानमा फसेका नागरिकहरुको उद्धार तथा विस्थापित भएका नागरिकहरुका लागि राहत वितरण कार्यक्रममा नेपाली सेना सक्रिय भएको छ । नेपाली सेनाले हवाई उद्धारदेखि विभिन्न राहत वितरणका कार्यहरु समेत गर्दै आएको छ ।

Leave a Reply