जोखिममा रहेको बस्ती स्थानान्तरणमा कसैले चासो नदिएको स्थानीयको गुनासो
सुवास आचार्य,
पर्वत । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको जलजला गाउँपालिका ८ का झण्डै दुई दर्जन परिवार जोखिममा परेका छन् । बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय जोखिममा परेका हुन् । अविरल बर्षाको कारण पहिरो जाँदा स्थानीयहरु भयभित भएका छन् ।
त्यस्तै वर्षाको कारण जलजला गाउँपालिका ७ धाईङमा पनि करिव ३१ घर विस्तापित भएका छन् । स्तरउन्नतिको चरणमा रहेको मिलचोक सल्यान धारापानी सडकका कारण धाईरिङको किराखोरमा रहेको सिंगो दलित वस्ती पहिराको जोखिममा परेको छ । उनीहरु अहिले कहिल पहिरो खस्ला आफ्नो घरलाई ध्वस्त बनाउला भन्ने त्रासमा बाँचिरहेका छन् । ‘‘माथि पहिरो तल कालीगण्डकीको भेल उर्लिएर आउने डर ।’’ दिउँसोको समयमा पहिरो आएका त भाग्न कोशिस गर्न सकिने तर राति आयो भने आफूहरु समेत पहिरो पर्ने भन्दै भयभित छन् ।
![](https://i1.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/baglung-bisthapit-1.jpg?ssl=1)
![](https://i1.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/baglung-bisthapit-2.jpg?ssl=1)
पहिरोबाट विस्तापित भईसकेकाहरु भने अमर आधारभुत विद्यालयको आश्रयमा रहेका छन् ।
अत्याधिक जोखिम हुँदा पनि कुनै सरकारले आफूहरुको स्थानान्तरणमा केही व्यवस्था नगरेको उनीहरुको गुनासो छ । पहिरोले पुर्ने त्रास हुँदा हुँदै पनि जाने कुनै स्थान नभएपछि सोही स्थानमा बस्न बाध्य भएको उनीहरु बताउँछन् ।
![](https://i1.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/baglung-bisthapit-3.jpg?ssl=1&resize=720%2C720)
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/baglung-bisthapit-5.jpg?ssl=1&resize=768%2C768)
निरन्तर पहिरो खस्न सुरु गरेपछि २१ घर परिवारलाई आफन्त तथा अन्यत्रै बसाई सर्न भनिएको छ । भूगर्व विद्हरुको अनुगमन पछि सो स्थानमा जोखिमयुक्त भएको भनिएपनि बस्ती स्थानान्तरणका लागि कतैबाट पहल नभएको जलजला गाउँपालिका–८का वडा अध्यक्ष हरिविकास जिसीले बताए । विज्ञहरुले नै चाँडो स्थानान्तरण गर्न भनिसक्दा पनि केन्द्र र प्रदेश सरकार दुबै बेवास्ता गरेको उनको भनाई छ । पहिरो जोखिमको सो समस्या र बस्ती स्थानान्तरणको विषय स्थानीय सरकारको कार्यक्षेत्रभन्दा धेरै जटिल भएको वडाध्यक्ष जिसीको गुनासो छ ।
![](https://i2.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/baglung-bisthapit6-1.png?ssl=1)
भारि वर्षाका कारण पहिरोले बस्ती पुरिने खतरा रहेको छ । पहिरोको कारण गण्डकी प्रदेशको राजधानी पोखराबाट म्याग्दी तथा मुस्ताङ आवत जावत गर्ने सवारी साधन जोखिम मोलेरै यात्रा गरिरहेका छन् ।