पाँचथरमा कांग्रेसलाई राप्रपाको समर्थन, दुवै तहका लागि मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, ५ कार्त्तिक । नेपाली कांग्रेस पाँचथरले पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गरेको छ ।

राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे, प्रदेश सभा ‘क’ मा सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ का लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहालको उम्मेद्धारी दर्ता गराएको हो ।

नयाँ ढंगले चुनाव हुने भएकाले नेपाली कांग्रेसले नयाँ ढंगले नै चुनाव फेस गर्ने गरी उम्मेद्वारी दिएको कांग्रेस सभापति केरुङले बताएका छन् ।

र्‍यालीसहितको टोलीले मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पुगेर कांग्रेसले मनोनयन दर्ता गराएको हो ।

कांग्रेसपछि एमाले र माओवादी गठबन्धनले मनोनयन दर्ता गराउने तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);