प्रदेश २ को प्रदेशसभा सञ्लान गर्न नियमावली हेरफेर कार्य समिति गठन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

प्रदेश २ को प्रदेशसभा सञ्लान गर्न नियमावली हेरफेर कार्य समिति गठन

जनकपुरधाम। प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली हेरफेर गरिने भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको हो।

समितिमा जसपा अध्यक्ष ठाकुर पक्षका तर्फबाट रामाशिष यादव र नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरी एवंम विपक्षी दल नेकपा एमालेको तर्फबाट सुन्दरबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट रामकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साह रहेने गरी समिति गठन गरिएको हो ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २२३ बमोजिम संशोधन मस्यौदा समिति गठन गरिएको बताइएको छ। समितिले कार्य प्रारम्भ गरेको १५ दिनभित्र काम सम्पूर्ण कार्य सक्नुपर्ने छ ।

Leave a Reply