काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा तथा प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुँदैछ।
मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । केही जिल्लामा भने नामावली टुंगो लागेको जानकारी बाहिर आएको छैन।