२४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

२४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ६ हजार २ सय ९५ कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको जम्मा संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ४ सय ९४ पीसीआर परीक्षणमध्ये ३ हजार ३ सय ८४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ६१ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);