ओलीले नेकपा भङ्ग गर्ने प्रमुख तत्व भएको भन्नु कुण्ठा मात्र भएको प्रचण्ड दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

ओलीले नेकपा भङ्ग गर्ने प्रमुख तत्व भएको भन्नु कुण्ठा मात्र भएको प्रचण्ड दाबी

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नेकपा एकताको प्रयास असफल गराउनमा प्रचण्ड प्रमुख तत्व भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

सोमबार अध्यक्ष प्रचण्डले ट्वीट गर्दै प्रधानमन्त्री ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको भन्दै प्रतिवाद गरेका छन् । उनले ट्वीट गरेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास असफल भएको भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर भर्तसना गर्दछु ।’

प्रधानमन्त्री ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता भङ्ग हुनुमा प्रमुख कारण प्रचण्ड भएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा दल दर्ता गर्न जानका लागि आफूले आग्रह गर्दा उक्त कुराको प्रचण्डले इन्कार गरेको ओलीको भनाई रहेको थियो ।

ओलीले उक्त अभिव्यक्ति दिएलगतै अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेता माधव कुमार नेपालसंग आजै छलफल गरेका थिए । त्यसलगतै प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);