कर्णालीमा कांग्रेसले सरकारमा सहभागिता जनाउदैँ, दुई मन्त्रीको भोलि सपथ कार्यक्रम तय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

कर्णालीमा कांग्रेसले सरकारमा सहभागिता जनाउदैँ, दुई मन्त्रीको भोलि सपथ कार्यक्रम तय

कर्णाली। कर्णालीमा नेपाली कांग्रसेले सरकारमा सहभागिता जनाउने मन्त्रीहरुलाई १३ बुँदे आचारसंहिता जारी गरेको छ। कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले शनिबार मन्त्रीहरुका लागि आचारसंहिता लागू हुने गरी जारी गरेको हो । कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको हो ।

दुबै मन्त्रीको आईतबार सपथ हुने कांग्रेसले जनाएको छ ।कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए । जारी भएको आचरसंहितामा भनेको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकप्रति समान व्यवहार गर्नुपर्ने र ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने जस्ता कुरा उःल्लेख गरिएका छन् ।


एमालेले समर्थन फिर्ता लिँदा माओवादी नेतृत्वको सरकारलाई साथ दिएको कांग्रेस झण्डै डेढ महिना पछि सरकारमा जान लागेको हो । ४० सदस्यीय प्रदेशसभामा पाँच सांसद निलम्बनमा परेसँगै हाल ३५ सांसद छन् । जसमा कांग्रेसका ६ र माओवादीमा १२ सांसद छन् कायम रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);