टीकापुर हत्या काण्डका तीनजना दोषी जेलबाटै राजपामा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

कैलाली, ३ कार्तिक । अपराधीले राजनीतिक संरक्षण पाएको भन्दै आलोचना भइराखेका बेला कैलालीको टीकापुर काण्डका दोषी लक्ष्मण थारुसहित तीनजना जेलबाटै राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरेका छन्।

यसअघि भर्खरै कांग्रेससँग एकीकरण भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य समेत रहेका थारु जेलबाटै राजपामा प्रवेश गरेका हुन्। बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर थारुसहित वीरबहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।

जेलमै रहेका थारुले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा समेत गरेका छन्। गच्छदारले टीकापुर काण्डमा पक्राउ परेकालाई छुटाउने आश्वासन दिए पनि कुनै पहल नगरेको भन्दै रुष्ट बनेका थारु राजपामा प्रवेश गरेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार